काठमाडौं– नेपालमा आज पछिल्लो २४ घन्टामा ७ हजार ६० जनाको पीसीआर विधि र २ हजार ५ सय ५९ जनाको एन्टिजेन विधिबाट कोरोना भाइरसको सङ्क्रमणको परीक्षण गर्दा ७ सय ९२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यसैगरी उपचारकै क्रममा १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालको कोरोना भाइरसको सङ्क्रमणकै कारण अहिलेसम्म ११ हजार २ सय ५७ को मृत्यु भैसकेको छ । पछिल्लो समय सङ्क्रमित हुनेको तुलनामा मृत्युको दर बढेको छ ।


यसैगरी आन मङ्कलबार ९ सय १० जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् भने देशभर १४ हजार ५ सय ५४ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।


काठमाडौं उपत्यकामा २ सय ८७ जना सङ्क्रमित भेटिएका छन् । जसमध्ये काठमाडौंमा १९३ जना, ललितपुरमा ५१ जना र भक्तपुरमा ४३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।