रूपन्देही – मोतीपुर घटनामा मृत्यु भएकाका परिवारलाई प्रदेश सरकारले एक–एक लाख रुपैयाँ दिने भएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीले मृतकका परिवारलाई राहतस्वरुप सो रकम दिने निर्णय गर्नुभएको हो ।

मोतीपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गरी बसेकालाई हटाउने क्रममा आइतबार भएको झडपमा परी चार जनाको मृत्यु भएको थियो । मुख्यमन्त्री केसीले रूपन्देही मोतीपुरका वास्तविक सुकुम्बासीको समस्या हल गर्न सुकुम्बासी समस्या समाधान सुझाव कार्यदल निर्माण बनाउन निर्देशन दिनुभएको छ । उहाँले रूपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई कार्यदल बनाउन निर्देशन दिनुभएको हो ।

यसैगरी दुबै पक्षबाट भएका घाइतेहरूको उपचारको जिम्मेवारी राज्यले लिने पनि मुख्यमन्त्री केसीले बताउनुभएको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले घटना संवेदनशील भएकोले आगामी दिनको लागि सतर्क हुन र सबैलाई संवेदनशील बन्न आग्रह गर्नुभएको छ ।