प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । सरकारले यही अवरोधबीच ‘रेल्वे विधेयक २०७६’ फिर्ता गरेको छ । आजको प्रतिनिधिसभाको बैठकबाट सो विधेयक फिर्ता भएको हो ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले मधेशी आयोगको प्रतिवेदन प्रस्तुत गर्नुभयो । उहाँले संविधानको धारा २९४ बमोजिम मधेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७÷७८ को पेस गर्नुभएको हो ।
प्रतिनिधिसभाको अर्को बैठक आगामी कार्तिक ९ गते मङ्गलबार दिउँसो १ बजे बस्ने भएको छ ।