काठमाडौं – सनातन विद्वत् परिषद्को अध्यक्षमा प्रा.डा दीर्घराज घिमिरे निर्विरोध निर्वाचित भएका छन् । वि.सं २०७३ मा अनौपचारिक मञ्चका रुपमा काम सुरु गरेको परिषद् गत वर्ष जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सामाजिक एवं आध्यात्मिक संस्थाका रुपमा विधिवत् दर्ता भएपछि नवरात्रको अवसर पारेर पहिलो साधारणसभा गरिएको हो । साधारणसभाले नेपाल संस्कृत विश्वविद्यालयमा लामो समय सेवा गर्नुभएका घिमिरेलाई निर्विरोध निर्वाचित गरेको हो ।

परिषद्को उपाध्यक्ष त्रयमा प्रा .डा भवानीप्रसाद खतिवडा, प्रा डा देवमणि भट्टराई र सहप्राध्यापक माधवप्रसाद पाण्डेय पनि निर्विरोध निर्वाचित हुनुभएको हो । यसैगरी सचिवमा डा रुद्रानन्द ब्रह्मचारी, सहसचिव उपप्राध्यापक सुदर्शन नेपाल, कोषाध्यक्षमा प्रा .डा आनन्दप्रसाद घिमिरे निर्वाचित हुनुभएको छ । परिषद्को सदस्यमा डा. गोविन्दशरण उपाध्याय, डा. कान्ता भट्टराई, उपप्राध्यापक वैकुण्ठ घिमिरे, उपप्राध्यापक उपेन्द्र दाहाल, आचार्य विष्णुप्रसाद पोखरेल र रामकृष्ण उपाध्याय निर्वाचित हुनुभएको छ ।

परिषद्ले वैदिक सनातन हिन्दू धर्मको संरक्षण र सम्वद्र्धनमा काम गर्दै आएको छ । संस्थाले धर्म, संस्कृतिका विभिन्न विषयमा हुने विवादलाई शास्त्रीय प्रमाणका आधारमा शास्त्रार्थका माध्यमबाट निष्कर्षमा पु¥याउँदै आएको छ । वैदिक सनातन धर्मावलम्बीले मनाउने चाडपर्वका विषयमा विभिन्न समयमा उठ्ने प्रश्नका बारेमा पनि परिषद्ले नेपाल पञ्चाङ्ग निर्णायक समितिसँगको सहकार्यमा काम गर्दै आएको छ । रासस