काठमाडौं – कम्मर तथा ढाडको दुखाइलाई सामान्यतयाः सानो समस्याको रुपमा लिने गरिन्छ । प्रायः धेरै मानिसहरु यो दुखाइबाट पीडित हुने गरेका छन् । तर, यसलाई सामान्य रुपमा लिँदा गम्भीर रोग समेत लाग्न सक्छ । स्वास्थ्य विशेषज्ञका अनुसार कम्मर दुख्ने र त्यसबाट हुने गम्भीर खतराको बारेमा अझै धेरैलाई जानकारी नै छैन ।

कम्मर दुखाई आफैमा रोग होइन । यो अरु कुनै रोगको लक्षण हो । प्रत्येक मानिसले कम्बर दुखाईको महसुस गरेको हुन्छ । अलि अलि दुखाई देखि जटिल दुखाई सम्मलाई कम्मर दुखाई भन्छौ । जसले पनि कम्मर दुखाईको महसुस गरीरहेका हुन्छौ । त्यसको कारणलाई हेर्दा नसाहरुको कारणले हड्डीको कारण कम्मरमा अलिकति स्टिप भए जस्तो हुने, बिहान उठ्न गाहे हुने र उठबस हुन गाहे हुनेलाई कम्मर दुखाई भनिन्छ । कम्मर दुखाईको चर्चा गर्दा कम्मरको बनावटलाई पनि हेर्नु पर्ने हुन्छ ।

कम्मरको चार ओटा भाग अलि विषेश रुपमा समावेश हुन्छ । सबै भन्दा मुख्य कुरा कम्मरको लागि मेरुदण्ड, दोस्रोमा साइडको मसल्सहरु टेन्डनहरु तेस्रोमा स्पाइनल कड र स्पाइनल नसाहरु र रगतका नलीहरु त्यसमध्ये पनि रगतलाई छोडेर हड्डी, मसल्स र नसाहरु र साइडको रगत सप्राई वा त्यसका पार्ट यी तिनओटा मध्ये कुनै पनि भागमा समस्या आयो भने कम्मर दुख्ने हुन्छ ।

विशेषज्ञका अनुसार सामान्यतयाः कम्मरको दुखाइको समस्या युवावस्था वा २० वर्षको उमेरबाट सुरु हुन सक्छ । तर, यसको कारण पत्ता लगाउन नै ८/९ वर्ष लाग्न सक्छ । यसको समयमा नै उपचार गरिएन भने मेरुदण्डका कोशिकाहरु बिग्रिन सक्छ । जसले गर्दा दैनिक गर्ने काम गर्न असहज हुन्छ । यस्तो अवस्थामा कहिलेकाँही अनावश्यक हड्डीहरु पनि बन्न सक्छ ।

कम्मर वा ढाडको दुखाइको कारण बाथ रोगको समस्या पनि हुन सक्छ । स्वास्थ्य विशेषज्ञले कम्मर र ढाडको दुखाइको कारण गम्भीर पनि बन्न सक्छ । मानिसहरु दुखाइको कारण पत्ता लगाउनुको सट्टा दुखाइ कम गर्ने औषधिको प्रयोग गर्ने गर्छन् । यसले मानसिक समस्या पनि निम्त्याउन सक्ने विशेषज्ञ बताउँछन् ।

ढाडको बीचको भाग वा कम्मर दुख्नुको कारण मेरुदण्डको हड्डीहरुको जोर्नीमा समस्या हुनु हो । विशेषज्ञका अनुसार यो साइटिका पनि हुनसक्छ । मानिसहरु यो समस्यालाई सजिल्यै पत्ता लगाउन सक्दैनन् । यसका साथै, यो ब्हष्ब िकउयलमथयिबचतजचष्तष्क को संकेत पनि हुनसक्छ । यस समस्यामा दुखाइ जोर्नीबाट सुरु हुन्छ । र बीच भागमा पुग्छ । यो समस्या भएको पत्ता लगाउन एक्स रे गर्नुपर्छ । ब्हष्ब िकउयलमथयिबचतजचष्तष्क सुरुवाती लक्षण एक्स रेमा देखिदैन । त्यसैले यो समस्या गम्भीर भएपछि मात्रै पत्ता लाग्छ ।

जसलाई हामी कम्मर दुखाई भनिन्छ । यदि ब्याक पेन २ देखी ३ दिन सम्म लगातार रुपमा भईराख्यो भने चिकित्सकको सल्लाह लिई हाल्नु पर्छ यसले सामान्यदेखी जटिल समस्या सम्म निम्त्याउन सक्छ यसको कारण के हो भनेर पत्ता लगाउनु पर्ने हुन्छ ।


कारणहरु
– पहिलो कारण भनेको रोगको हिसाब भन्दा पनि हाम्रो जिवन चक्र वा हाम्रो बसाई हिडाई सुताई अथवा हाम्रो ब्याड पोस्चर अथवा बसाईको अवस्था नमिलेको कारण पनि कम्मर दुख्छ ।
– शारीरक व्यायामको कमीको कारण पनि कम्मर दुख्छ ।
– पछाडीको भागलाई धेरै प्रयोग गर्नले धेरै कम्मर दुख्ने हुन्छ ।
– मसल्सको कारण र अथवा मेकानिकल ब्याक पेनको कारण पनि कम्मर दुख्छ । कम्मर दुखाईको ७० प्रतिशत मसल्सको कारण ने हुन्छ ।
– हड्डी खिइने समस्यो यो समस्या प्राय सामान्यतया ४० वर्षको उमेर भन्दा पछाडी दुख्नु पर्ने हो तर आज भोली यो समस्या पनि युवा अवस्था देखी नै सुरु भईसकेको छ ।
– नसा च्यापिने समस्या दुई ओटा मेरुदण्डको बिचमा डिक्सले अलिकति सिफ्ट भएर साइटबाट निस्कने नवलाई च्यापिदा खेरी कम्मर दुख्ने हुन्छ । र त्यो कम्मर दुखाई खुट्टा सम्म पुग्ने हुन्छ ।
– रेफरल पेन, रेफरल पेन भनेको ब्याकको वरीपरीका अङ्घहरुलाई पेन भयो भने, क्रल्नीक क्याटिप्यासिक छ भने पनि मान्छेलाई ब्याक पेन हुन्छ, क्रनीक ग्यासट्राइटिक छ भने पनि मान्छेलाई ब्याक पेन हुन्छ । महिलाहरुलाई विषेशगरी पाठेघरको समस्या छ भने पनि ब्याक पेन हुन्छ ।

– पुरुषहरुमा पनि कुनै पिसाब थैली संग सम्बन्धीत केही समस्या छ भने पनि ब्याक पेन हुन सकछ । महिलाहरुलाई त प्राय महिनावारीको समयमा ब्याक पेनको अनुभुति गेका नै हुन्छन् त्यो भनेको युटेरस पाठेघर र त्यसका वरीपरीका अङ्घहरुको कारण ले आउने पेन जसलाई हामी रेफरर पेन भन्छौँ ।
– कहिलेकाही बोनमा हुने इन्फेकसनको कारण, ट्युमर, फ्याक्चर को कारणले कम्मर दुख्ने हुन्छ ।


लक्षण
– कम्मर दुखाई आफैमा लक्षण हो ।
– मसल्सको दुखाई छ भने त्यसको लक्षण चाहिँ पोजिसन परिवर्तन गर्दा दुख्ने । एताउता फर्किदा दुख्ने, बिहान,बेलुका उठ्दा बस्दा दुख्ने, अगाडी झुक्दा दुख्ने हुन्छ यदि मसल्सको कारण दुखाई भएको छ भने थाईको भाग सम्म पुग्छ त्यसको दुखाई ।
– हड्डीको कारण भयो भने पेन तलतिर सर्दैन तर पेन एउटै तरिकाले पेन हुन्छ ।
– नसाको कारणले पेन भयो भने हिप हुदैँ खुट्टा सम्म पुग्छ । प्राय जसो एकातिर मात्र दुख्छ ।
– रेफरल पेनहरु भयो भने चाहिँ संगसंगै अगाडी पट्टिबाटपछाडी पनि हुन्छ । दुबै तिर पनि हुन सक्छ ।

एजेन्सी