एमाले महासचिव पोखरेल, फाइल तस्वीर ।
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का महसचिव ईश्वर पोखरेलले एमालेलाई कसैले विभाजन गर्न नसक्ने दावी गरेका छन् । दशैंको उपलक्षमा आज शनिबार नेकपा (एमाले) कीर्तिपुर नगर कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महासचिव पोखरेलले एमाले विभाजन भएको भनेर कसैले भ्रम सिर्जना गर्न खोजे त्यो यथार्थ नहुने भन्दै एमाले फुटेको नभै केही मानिसहरुले एमाले छाडेर गएको भन्दै नेता पोखरेलले एमाले एकढिक्का भएर अघि बढ्ने बताए । पार्टीको पक्षमा उभिएर क्रियाशील हुन चाहनेहरू एक ठाउँमा उभिन कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

केही मानिस अलमलमा परेको हुन सक्ने भन्दै अलमलमा परेकालाई पनि समावेश गरेर एमाले अघि बढ्ने र नेपाली राजनीतिमा एमाले छुटै ध्रुवको रूपमा खडा हुने महासचिव पोखरेलले दावी गरेका छन् ।