काठमाडौं – देशभर आजको मौसममा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।

अहिले बिहान प्रदेश एक र बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा देखिएको छ । प्रदेश एक, बागमती र गण्डकी प्रदेशका पहाडी भ–ूभागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज राति पनि देशभर आंशिक देखि सामान्य बदली रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । राति प्रदेश एक, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।