सुवास नेम्वाङ, फाइल तस्वीर ।

काठमाडौं– प्रतिनिधिसभामा पेश भएको ‘निजामती सेवा विधेयक–२०७५’ सरकारले फिर्ता गरेर गल्ती गरेको । प्रमुख प्रतिपक्ष दल एमालेले आरोप लगाएको छ ।

पूर्वसभामुख एवम् एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संसदीय समितिमा समेत छलफल गरेर आएको ‘निजामती सेवा विधेयक–२०७५’ विधेयक संसद्बाट फिर्ता गरेर गल्ति गरेको बताएका छन् ।


आज शुक्रबार प्रतिनिधिसभा बैठकबाट बाहिरिंदै गर्दा नेता नेम्वाङले पत्रकारहरु समक्ष उक्त धारणा व्यक्त गरेका हुन् । सरकारले यो विधेयक फिर्ता लिने र अध्यादेशमार्फत् पुनः यो विधेयक ल्याउने कार्य गरेमा आफ्नो पार्टीलाई मान्य नहुने भन्दै सरकारलाई चेतावनी दिएका छन् ।
पत्रकारहरुसँग कुरा गर्दै एमाले संसदीय दलका उपनेता नेम्वाङले ‘लामो समय समितिमा छलफल गरेर यहाँहरूले देखिराख्नुभएको छ । निजामती विधेयक कति समय समितिमा छलफल भयो । त्यत्रो समय लिएर बल्लबल्ल हामी सबैको दबाब चाँडो ल्याऊ, चाँडो पास गर भनी राखेको यो विधेयक हो । बल्लबल्ल संसदमा प्रवेश ग¥यो । संसदमा त्यतिन्जेल रह्यो । त्यसलाई अहिले आएर फिर्ता लैजानु सरकारको गलत कार्य भएको छ’ भनेका छन् ।


एमाले नेता नेम्वाङले सरकारले ल्याएको कुनै पनि विधेयक आफूहरूका कारणले नरोकेको भन्दै सरकारले अध्यादेशको बाटो रोजेर निजामती सेवा विधेयक फिर्ता लिनु उपयुक्त नभएको प्रतिक्रिया व्यक्त गरेका छन् ।