काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ७ सय ६४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १० हजार ६ सय ८८ वटा नमुनाको परीक्षण गर्दा ७ सय ६४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार २ सय १० जना पुगेको छ ।

त्यस्तै आज ३३ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा सक्रिय सङ्क्रमितको संख्या १५ हजार ६ सय १४ जना रहेका छन् ।