प्रतीकात्मक तस्वीर
काठमाडौं —बर्दियामा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । बर्दिया ठाकुरबाबा नगरपालिका–३ दम्कीमा भएको सडक दुर्घटनामा मधुवन नगरपालिका–५ बस्ने ८० बर्षीया महिला रुप्सी कुमालको मृत्यु भएको हो ।

भे १ ज ८७९ नम्वरको जीप दुर्घटना हुँदा घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् । घाइतेहरुको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।