काठमाडौं –लगानी बोर्डको ४८ औँ बैठक आज बस्दै छ । बैठकमा दोलखाको जुमखोला जलविद्युत आयोजनाको लगानी स्वीकृति, अरुण तेस्रो जलविद्युत आयोजनाको पुँजी वृद्धि, माथिल्लो कर्णाली जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनको ढाँचालगायतका विषयहरू छलफलमा रहने छन् ।

यसैगरी, चालू आर्थिक वर्षको वार्षिक बजेट बैठकले पारित गर्नेछ । बोर्डका व्यावसायिक तथा रणनीतिक योजना अनुमोदन पनि गरिने छ । प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएपछि पहिलोपटक बोर्डको बैठक बस्न लागेको हो । प्रधानमन्त्री बोर्डको अध्यक्ष हुने कानुनी व्यवस्था छ ।