काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ८ सय ५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १० हजार ६ सय ७२ वटा नमुनाको परीक्षण गर्दा ८ सय ५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार २ सय जना पुगेको छ ।

त्यस्तै आज ९ सय ११ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा सक्रिय सङ्क्रमितको संख्या १५ हजार ९ सय ४२ जना रहेका छन् ।