प्रतीकात्मक तस्वीर
काठमाडौं – नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीको निर्माणाधीन घरको चार तलामाथिबाट खसेर मृत्यु भएको छ ।

चतुर्वेदीको आज ९ बजे शव फेला परेको हो । प्रहरीले चतुर्वेदीले आत्महत्या गरेको हुन सक्ने आशंका गरेको छ । सिसिटिभी फुटेजका आधारमा उहाँले हाम फालेको जस्तो देखिएको काठमाडौं प्रहरी प्रमुख अशोक सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार चतुर्वेदी डिप्रेसनको बिरामी भएको र उहाँले त्यसको औषधिसमेत सेवन गरिरहेको पाइएको छ । निर्माणाधीन घर भने उहाँको थिएन । र चतुर्वेदी भष्ट्राचार मुद्धामा दोषी ठहर भएर कैद बस्नुभएको थियो ।
तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी र न्यायाधीश सुशीला कार्कीको इजलासले २०६८ सालमा चतुर्वेदीलाई भ्रष्टाचारी ठहर गर्दै १ करोड ३९ लाख जरिवाना, विभिन्न चल र अचल सम्पत्तीको जफत र डेढ वर्ष कैद हुने फैसला गरेको थियो ।