काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले बडादसैँको शुभकामना दिनुभएको छ । आजदेखि विजयादशमी पर्व सुरु भएको उल्लेख गर्दै उहाँले शुभकामना व्यक्त गर्नुभएको हो । कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्डको पालना गरेर पर्व मनाउन पनि उहाँले सबैमा अनुरोध गर्नुभएको छ ।

आज बिहान प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमा ट्वीट गर्दै लेख्नुभएको छ–“नेपालीहरूको महान् पर्व विजयादशमी आजदेखि सुरु भएको छ । स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र सु–स्वास्थ्यको शुभकामना व्यक्त गर्दछु ।” “साथै, कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्डको पालना गरेर पर्व मनाउन पनि सबैमा अनुरोध गर्दछु ।”