काठमाडौं – नेपाली काङ्ग्रेसको कीर्तिपुर नगर सभापतिमा कृष्णमान डङ्गोल चयन हुनुभएको छ । डङ्गोल नेतृत्वको कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो ।

सभापति डङ्गोल नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंह पक्षका हुनुहुन्छ । उपसभापतिमा सुदन बस्नेत र रञ्जिता महर्जन गौतम, सचिवमा इच्छा महर्जन र किरण केसी, सहसचिवमा सूर्यकान्त कोइराला र सानुमैया महर्जन तथा कोषाध्यक्षमा पर्विता विष्ट चुनिनुभएको छ ।