काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश एक, बागमती र गण्डकी प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षा भइरहेको छ । हाल नेपालमा भारतको पश्चिम बङ्गाल तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव परेको छ । यो वर्ष औसत समयभन्दा पछिसम्म मनसुन सक्रिय रहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । आज राति देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।