काठमाडौं – परराष्ट्रमन्त्री डा.नारायण खड्काले राष्ट्रिय सहमतिबाटै एमसीसीलाई अघि बढाइने बताउनुभएको छ । सिंहदरबारमा आज बसेको प्रतिनिधिसभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्री खड्काले एमसीसी नेपालको हितमा रहेमात्र राष्ट्रिय सहमतिबाट अघि बढाउने बताउनुभएको हो ।

उहाँले एमसीसी मुलुकको हितमा रहेको नपाइए स्पष्ट रूपमा अमेरिकासमक्ष आफ्नो कुरा राख्नुपर्ने तर्क गर्नुभएको छ । मन्त्री खड्काले परराष्ट्रनीति मुलुकको ऐना भएको भन्दै यसलाई राजनीतिक सहमतिमार्फत् नै अन्तिम रूप दिनुपर्ने धारणा राख्नुभयो । त्यस्तै, मन्त्री खड्काले अन्तर्राष्ट्रिय सम्बन्धलाई मुलुकको हितका आधारमा अघि बढाउनका लागि आफू प्रतिबद्ध रहेको पनि बताउनुभयो ।