काठमाडौं – नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूले लिपुलेक क्षेत्रमा जनगणना गर्न माग गरेको छ । अध्यक्ष सुदेश पराजुलीले आज एक वक्तव्य जारी गर्दै लिपुलेक क्षेत्रमा जनगणना गर्न सुपरीवेक्षक नपठाएकोमा आपत्ति जनाउनुभएको छ ।

चुच्चे नक्सामा समेटिएको दार्चुलाका गाउँहरु कालापानी, लिपुलेक वरिपरिको क्षेत्रमा जनगणना गर्न सुपरीवेक्षक पठाउन अनेरास्ववियूले माग गरेको छ । कूटनैतिक वार्ता मार्फत भारतको बाटो भएर वा हवाई मार्गबाट भएपनि सुपरीवेक्षक खटाउनुपर्ने सुझाव समेत दिइएको छ ।