काठमाडौं – सत्तारूढ दल नेपाली काङ्ग्रेसका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सुरु भएको छ । सरकारमा सहभागी हुने व्यक्तिहरूको नाम टुङ्गो लगाउन तीनवटै गुटका शीर्ष नेताहरू बैठकमा जुटेका हुन् । पार्टीबाट मन्त्री बन्नेहरूको नाम आजै टुङ्ग्याउने कार्य भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।