काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर एक हजार ४३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ८ सय ९१ जना कोरोना सङ्क्रमण मुक्त भएका छन्। १५ हजार ४ सय ६५ वटा नमुनाको परीक्षण गर्दा १ हजार ४३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार १ सय ९२ पुगेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।