अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्कमा घरको छतबाट खसेर एक वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार सन्धिखर्क नगरपालिका वडा नम्बर–१, शान्तिबगैंचाका ९२ वर्षिय खिमानन्द पौडेलको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको हो ।

आज बिहान छतबाट खसेका पौडेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक गणेश खनालले घटनाबारे थप अनुसन्धान भइरहेको बताए । शव पोस्टमार्टमको लागि अर्घाखाँची अस्पताल लगिएको प्रहरीले जनाएको छ ।