काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । काठमाडौंमा उपलब्ध समिति सदस्यहरूलाई बैठकमा बोलाइएको प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिनुभयो ।

बैठक केही बेरमा पार्टी कार्यालय बालकुमारी ललितपुरमा बस्दै छ । आजको बैठकमा पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाउने तयारी छ । कसको नेतृत्वमा को–को सरकारमा पठाउने भन्ने विषयमा बैठकमा सहमति जुटाउने तयारी छ ।

खतिवडाले भन्नुभयो – “औपचारिक बैठक त हैन, उपलब्ध सदस्यहरूले मन्त्री चयनमा आफ्नो राय राख्नुहुनेछ ।” उहाँले बैठकमा अरू समासामयिक राजनीतिक विषयमा पनि छलफल हुने जानकारी दिनुभयो ।