काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले सरकारको निर्णय र अभिव्यक्तिको विरोध गर्दा पोष्टमा उभिएको बर्दिधारी पहिलो शिकार हुने गरेको बताउनुभएका छ । ६६ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा शुभकामना दिँदै खाँणले भन्नुभयो– ‘हाम्रो निर्णय र अभिव्यक्तिका कारण सरकारको विरोध गर्नुपरे पोष्टमा उभिएको बर्दिधारी प्रहरी आक्रोशको पहिलो शिकार हुने गरेको छ ।’

सरकार विरुद्धको आक्रोशका कारण आक्रमणको शिकार व्यहोर्ने प्रहरीको रक्षा र उनीहरुको परिवारको जीवन यापन कसरी सहज बनाउने भनेर सरकार संवेदनशील रहेको खाँणको भनाइ छ । ‘जनताको जीवन रक्षा राज्यको पहिलो दायित्व हो’ गृहमन्त्री खाँणले भन्नुभयो–‘त्यहि दायित्व पुरा गर्न प्रहरीले वीरगति प्राप्त गरेका छन् ।’

नयाँ चुनौतीको सामान गरेर अपराध नियन्त्रण र अनुसन्धानलाई आधुनिकीकरण गर्नुपर्ने उल्लेख गर्दै खाँणले भन्नुभयो– ‘प्रहरीलाई सवल बनाउन प्रधानमन्त्रीको सकारात्मक र अभिभावकीय भूमिकाको सराहना गर्न चाहन्छु ।’ आगामी दिनमा सरकार अझै प्रहरीमैत्री हुने दावी गर्दै गृहमन्त्री खाँणले भन्नुभयो ‘प्रहरीको क्षमता वृद्धि गर्न सरकार कटिबद्ध हुनेछ ।’