काठमाडौं – नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाउन स्थायी समिति बैठक बोलाएको छ । दिउँसो १ बजे बोलाइएको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाउने भएको छ ।

स्थायी समिति सदस्य गणेश साहका अनुसार यसअघि पनि मन्त्रीको टुङ्गो लगाउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई दिइएकाले आज पनि सोही निर्णय कायमै रहन सक्ने सम्भावना छ । माओवादी केन्द्रले अर्थ र ऊर्जा मन्त्रालय लिइसकेको छ भने अब शिक्षा, श्रम र भूमिसुधार मन्त्रालय पाउने भएको छ ।