काठमाडौं – प्रधानमन्त्री शेर बहादुर देउवा प्रहरी प्रधान कार्यालय नक्साल जाने हुनुभएको छ । ६६ औं प्रहरी दिवसको अवसरमा आज आयोजित कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री देउवा प्रहरी प्रधान कार्यालय नक्साल जान लाग्नुभएको हो ।

कोभिड–१९ सङ्क्रमणका कारण थोरै अतिथिहरूको सहभागितामा नेपाल प्रहरीले प्रहरी दिवस मनाउने तयारी गरेको छ । कार्यक्रम स्थलमा सामाजिक दुरी लगायत स्वास्थ्य प्रोटोकल पूर्ण पालना गरेर प्रहरी दिवस मुल समारोहको तयारी गरिएको प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले जानकारी गराउनुभयो ।