काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ९ सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल १६ हजार ४२ जनामा कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ११ हजार ५ सय ८२ र एन्टिजेन विधिबाट ४ हजार ४ सय ६० जनामा परीक्षण गर्दा ९ सय ६८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै देशभर कोरोना सङ्क्रमितको कुल संख्या पीसीआर परीक्षणमा ७ लाख ९८ हजार ७ सय ६६ र एन्टिजेन विधिको परीक्षणमा ९२ हजार ४ सय ५८ जना पुगेको छ । सङ्क्रमितमध्ये ७ लाख ७१ हजार ३ सय ३८ जना निको भएर घर फर्किसकेका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा १ हजार १ सय १४ जना सङ्क्रमणमुक्त भएका छन् भने ६ जनाले ज्यान गुमाएका छन् । यस्तै हालसम्म ११ हजार १ सय ८० जनाको मृत्यु भएको छ भने हाल देशभर १६ हजार २ सय ४८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।