फाइल तस्वीर


काठमाडौं – मन्त्रिपरिषद् विस्तारको विषय टुङ्गो लगाउन सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्रालय भागबन्डाका विषयमा छलफल भएको बुझिएको छ । छलफलसकिए लगत्तै नेताहरू संसद् बैठकमा पुगेका थिए । अहिले सत्ता गठबन्धन कार्यदलको बैठक पनि बस्दै छ । आजै मन्त्रिपरिषद् विस्तार ह्ुने सम्भावना समेत रहेको नेताहरूले बताएका छन् । प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार कार्यदलको बैठक बसेर अपराह्न ४ बजेसम्ममा मन्त्रालयको भागबण्डाको निचोड निक्लिने सम्भावना रहेको छ ।