साङ्केतिक तस्वीर

काठमाडौं — भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३, कौशलटारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते छन् ।
ना ३२प ६६ ७३ नम्बरको मोटरसाइकल गए राति करिब साढे ११ बजे कौशलटारनजिकै मोटरसाइकल अनियन्त्रित भई रेलिङमा ठोक्किँदा मोटरसाइकल चालक पर्साको हरिनाथगन्जका ३० वर्षीय लोकनाथ ठाकुरको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार गर्ने पर्सा घरभएका वीरगन्जको नेपाल प्रहरीमा कार्यरत सियाराम सिंह गम्भीर घाइते हुनुभएको छ । उहाँको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको र मोटरसाइकल नियन्त्रणमा रहेको महानगरीय प्रहरी प्रभाग बालकोटले जनाएको छ ।