काठमाडौं – साताको तेस्रो दिन नेपाली बजारमा सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर ९० हजार ३ सय रुपैयाँ पुगेको हो ।

यस्तै, आज यता तेजाबी सुनको मूल्य पनि तोलामा ५ सय रुपैयाँले वृद्धि हुँदै ८९ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । यद्यपि, आज यता चाँदीको मूल्य भने स्थिर रहेको छ । महासङ्घका अनुसार हिजो तोलामा एक हजार १ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही दर कायम भएको छ ।