काठमाडौं – नेकपा एकीकृत समाजवादीले नेताहरुको कार्यविभाजन गर्नका लागि स्थायी कमिटी बैठक बोलाएको छ । आगामी बिहिबार बिहान ११ बजे बस्नेगरी बैठक बोलाएको एसका महासचिव डा.बेदुराम भुसालले जानकारी दिनुभयो ।

एकीकृत समाजवादी पार्टीका महासचिव डा. भुसालका अनुसार केन्द्रीय नेताहरुको कार्यविभाजन बैठकको एजेण्डा रहेको छ । केही दिनयता एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्वस्थ भएपछि सो पार्टीको बैठक बस्न सकेको छैन । स्वास्थ्य लाभ गरी अध्यक्ष नेपाल हिजो सोमबार घर फर्केलगत्तै स्थायी कमिटी बैठक बस्न लागेको हो । यसअघि सो पार्टीको केन्द्रीय समिति बैठक बसेर पदाधिकारी चयन गरेको थियो ।