काठमाडौं – सशस्त्र प्रहरी बल अस्पतालले नेपाली काङ्ग्रेसका महामन्त्री एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्था स्थिर र सुधारोन्मुख रहेको जनाएको छ ।

अस्पतालले हिजो सोमबार विज्ञप्ति जारी गरी खड्का यही असोज १२ गतेदेखि बलम्बुमा भर्ना भई कोभिड–१९ र निमोनियाका लागि उपचाररत रहेकोमा स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिएको हो ।

अस्पतालले उहाँको पछिल्लो स्वास्थ्य अवस्था र परीक्षणको रिपोर्ट सकारात्मक रहेको अवगत गराएको छ ।