काठमाडौं – प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ । एमालेले नियमित रुपमा संसदमा नाराबाजी गर्दै बैठकलाई अवरोध पुर्याउँदै आएता पनि सभामुख अग्निप्रसाद सापकोटाले संसदको कामकारबाही सञ्चालन गर्दै आउनुभएको छ ।

एमालेले कारबाही गरेका १४ सांसद् पदमुक्त गरेको सूचना टाँस नगर्दासम्म संसद्को अवरोध जारी राख्ने बताउँदै आएको छ । नेकपा एमालेले कारबाही गरिएका १४ सांसद् पदमुक्त गरेको सूचना टाँस गर्न नसके सभामुखलाई राजीनामा दिन आग्रह गर्दै आएको छ ।

No description available.