काठमाडौं – पूर्वयुवराज पारस शाहको पोखरास्थित निवासमा चोरी भएको छ । लेकासाइडस्थित बुलउँदीमा शाहले भाडामा लिएको घरबाट सामान चोरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौंको मित्रनगरबाट शिव गौतमलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरर्ले जानकारी गराएको छ । पक्राउ गरिएका गौतम शाहको निवासका कामदार हुन् ।

शाहको निवासबाट क्यामरा, २ थान आइप्याड, २ थान दुरविन र नोकिया सेट चोरी भएको बताइएको छ । गौतमले पोखराबाट सामान चोरेर काठमाडौं ल्याएको खुलेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनलाई काठमाडौं महानगरपालिका–२६ मित्रनगर स्थित न्यू राप्ती गेस्टहाउसबाट पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

चोरेको सामान गौतमले पूर्वयुवराजलाई फिर्ता गरेको महानगरीय प्रहरी परिसरले जनाएको छ । आरोपीलाई महानगरीय प्रहरी वृत महाराजगञ्जमा राखिएको छ ।