काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा १ हजार ३० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालबाट १ हजार जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएर घर फर्किएका छन् । हालसम्म पीसीआर विधिबाट भएको परीक्षणमा कुल ७ लाख ९८ हजार ४ जनामा सङ्क्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ९२ हजार २ सय ५२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार १ सय ७४ जना पुगेको छ । सङ्क्रमितमध्ये हालसम्म ७ लाख ७० हजार २ सय २४ जना निको भएका छन् । हाल देशभर १६ हजार ६ सय ६ जना सक्रिय सङ्क्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।