गोरखा – नेपाली काङ्ग्रेस गोरखाको जिल्ला सभापतिमा नन्दप्रसाद न्यौपाने चयन हुनुभएको छ । आज जिल्ला समितिका पदाधिकारी र सदस्यको मनोनयनका क्रममा सभापतिमा न्यौपानेको मात्र उम्मेदवारी परेको सहायक निर्वाचन अधिकृत शिव थापाले जानकारी दिनुभयो ।

न्यौपाने हालका जिल्ला सचिव हुनुहुन्छ । यसअघि उहाँ नेपाल विद्यार्थी सङ्घको जिल्ला सभापति र क्षेत्रीय सभापति पनि हुनुभएको थियो ।