काठमाडौं – नेकपा माओवादी केन्द्रको विद्यार्थी सङ्गठन अनेरास्ववियू (क्रान्तिकारी) को महासचिव दीपेश पुनलाई बनाउने सहमति भएको छ । काठमाडौंमा जारी २२ औं राष्ट्रिय सम्मेलनमा महासचिवमा विभिन्न व्यक्तिको नाममा छलफल भए पनि पुनलाई बनाउने सहमति भएको अनेरास्ववियू क्रान्तिकारीका एक नेताले बताउनुभयो ।

पुन उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन् । अनेरास्ववियू क्रान्तिकारीको अध्यक्षमा भने यसअघि नै पञ्चा सिंह चयन भइसकेकी छिन् ।