काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेमा अहिले विचार र सिद्धान्त केही नभएको टिप्पणी गर्नुभएको छ । आज पार्टीको बुद्धिजीवि सङ्गठनको कार्यक्रममा सम्बोधन गर्दै उहाँले एमालेमा सूर्य चिह्न र मदन भण्डारीको विरासत मात्र भएको जिकिर गर्नुभएको हो ।

‘एमालेमा विचार सिद्धान्त हुँदैन, त्यही सूर्य चिह्न छ, मदन भण्डारी भन्ने छन् । मदन भण्डारीको ठाउँमा केपी अ‍ेली बनाउन खोजिएको छ’ उहाँले भन्नुभयो, ‘विचारमा बहस हुँदैन । सबैले आफ्नो पद प्रतिष्ठाको लागि काम गर्ने गरेका छन् । त्यही स्वार्थका लागि मिल्छन् ।’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेको दोस्रो पुस्ता विचारमा प्रष्ट रहेको भन्ने आफूहरुलाई भ्रम भएको बताउनुभयो । दोस्रो तहका नेताहरु विचारमा चोट्टा रहेछन् भनेर हामीले आशा ग¥यौं, नारायणकाजीजी र मैले त तिनीहरुसँग धेरै मेहनत गरेका छौं’ उहाँले भन्नुभयो, ‘पछि त तिनका विचार सिद्धान्त यही लोगोमा गएर आत्मसमर्पणमा टुङ्गियो । के को विचार ?’ प्रचण्डले माओवादी केन्द्र पनि यस्तै हुने खतरा रहेको भन्दै त्यसबाट बचाउनुपर्ने चुनौती रहेको बताउनुभयो ।