काठमाडौं – नेपाली काङ्ग्रेसको १४ औं महाधिवशनमा पार्टी सभापति लड्ने तयारीमा रहनुभएका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशाङ्क कोइराला र नेता प्रकाशमान सिंह फेरि छलफलमा जुट्नुभएको छ ।

यसअघि नै साझा उम्मेदवार उठाउने विषयमा तीन नेताबीच कुराकानी भएता पनि हालसम्म कुनै निचोड निस्कन सकेको छैन । आज फेरि तीनै जनाले भेटी छलफल गर्न लाग्नुभएको बताइएको छ । आजको भेट निधि निवास बानेश्वरमा हुने तयारी छ ।

भेटमा साझा उम्मेदवारका साथै क्रियाशील सदस्यता विवाद, जिल्ला अधिवेशन लगयतका विषयमा कुरा हुने बताइएको छ । यस्तै मन्त्रिपरिषद् विस्तारको विषयले पनि छलफलमा प्रवेश पाउने बताइएको छ ।