काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजै साँझसम्म मन्त्रिपरिषद विस्तार हुन सक्ने सम्भावना भएकोे बताउनुभएको छ । माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित नेपाल बुद्धिजीवी सङ्गठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सकेसम्म आजै साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा गठबन्धन रहेको बताउनुभएको हो ।

उहाँले मन्त्रिपरिषद् विस्तार गर्न नसके पनि मन्त्रालयको भागबण्डा भने आजै टुङ्गो लाग्ने बताउनुभएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भन्नुभयो–‘सकेसम्म आजै क्याविनेट विस्तार गरेर सपथ ग्रहण गराउने, नभएपनि मिल्न बाँकी विषय टुङ्ग्याउने भन्नेछ ।’