काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई बालुवाटारमा रहेको ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लगेको प्रकरणमा भ्रष्टाचार मुद्दा लगाउनुपर्ने माग गर्दै सर्वोच्चमा दायर गरेको रिटमा आज सुनुवाई हुँदैछ ।

अख्तियारले दुई पूर्वप्रधानमन्त्रीहरु नेपाल र भट्टराईलाई मुद्धा नचलाएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले रिट दायर गर्नुभएको थियो । यो विषयलाई पटक– पटक पेशीमा राखिएपनि सुनुवाई भएको थिएन । आज प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाई हुन लागेको हो ।