काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यको नेतृत्वमा बारको टोलीले भेट गरेको छ । अध्यक्ष पूर्णमान शाक्यको नेतृत्वमा बारको टोलीले आकस्मिक समय मागेर प्रधानन्यायाधीश राणालाई भेटेको हो । मन्त्रिपरिषद्मा प्रधानन्यायाधीशले पनि कोटा मागेको भन्ने कुराको चर्चा चल्न थालेपछि बार एशोशियशनले ध्यानाकर्षण गराएको हो ।

तर प्रधानन्यायाधीश राणाले आफ्नो कोटाबाट मन्त्री बनाउन लागिएको भन्ने हल्ला र आएका नामहरुसँग कुनै सम्बन्ध नरहेको बताउनुभएको छ । आजै सर्वोच्च अदालतले यसबारेमा वक्तव्य निकाल्ने तयारी छ ।