काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढीका कारण अवरुद्ध भएको मेलम्चीको पानी वर्तमान सरकारले ल्याउनै नसक्ने दावी गर्नुभएको छ । विधान महाधिवेशनमा आफूले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष ओलीले १५ महिनापछि एमालेले चुनाव जितेर सरकार बनाएपछि मात्रै मेलम्चीको पानी आउने दावी गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘यो सरकारले वैशाखमा मेलम्चीको पानी ल्याउँछु भनेको छ । म चुनौती दिएर भन्छु– सरकारसँग इख छ भने वैशाखमा पानी ल्याएर देखाओस् । १५ महिनापछि एमालले चुनाव जितेर सरकार बनाएपछि हामीले नै पानी ल्याउने हो । यो सरकारले काम गर्दैन । टुनामुना गरेर पानी आउँदैन ।’