काठमाडौं – नेकपा एमालेले आगामी राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न डा.विजय सुब्बाको संयोजकत्वमा १५ सदस्यीय निर्वाचन आयोग गठन गरेको छ । तीन दिनदेखि जारी पार्टीको प्रथम विधान महाधिवेशनले सुब्बाको नेतृत्वको निर्वाचन आयोग गठन गरेको हो । अध्यक्ष केपी ओलीको प्रस्तावमा सर्वसम्मतले सुब्बाको अध्यक्षतामा १५ सदस्यीय निर्वाचन आयोग गठन गरेको हो ।विधान महाधिवेशनमा आयोगका संयोजकसहित सदस्यहरुको नाम प्रस्ताव गर्नुभएको थियो ।

ओलीले आयोगको सदस्यमा महेश नेपाल, सानुराज पोखरेल, बाबुराम दाहाल, डा.कुन्सान लामा, रिता सिंखडा, रञ्जु ठाकुर, भरत पोखरेल रहेको पढेर सुनाएका थिए । त्यसैगरी अन्य सदस्यहरूमा टंक उप्रेती, सुमित्रा वीसी, पवित्रा निरौला, केवालाल चौधरी, विमला विक, लोकबहादुर थापा, र हिमकला गैरे रहेका छन् ।