काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनलाई सम्बोधन गर्दै एमालेमाथि चौतर्फी आक्रमण भएको भन्दै विरोधीले छाती पिट्न थालेको र त्यो आफूविरुद्धको हमलाको रुप भएको टिप्पणी गर्नुभएको हो । उहाँले एमालेको तात्कालिक कार्यभार सुशासन, विकास, सुविधायुक्त समाज, समृद्धि रहेको पनि बताउनुभयो ।

उहाँले नेकपा एमाले देशको सवैभन्दा ठुलो दलमात्र नभएर जिम्मेवार दल भएको नाताले अब पनि जित्नैपर्ने बताउनुभएको छ । अध्यक्ष ओलीले अरुलाई अपजस लगाएर नउम्किने बताउनुभएको छ ।

‘हामी व्यक्ति पूजक होइनौ, कमिटी प्रणाली, सामुहिक नेतृत्व, अध्ययन र परीक्षण गर्छौ’, ओलीले भन्नुभयो, वार्वरिकले महाभारत युद्धमा कृष्णको चक्र चलाएको जस्तो नहुने भन्दै साझा प्रयासबाट देशमा परिवर्तन ल्याउन सक्ने बताउनुभयो । ‘यो कुरा नेकपा एमालेले बाहेक अरुले बुझेका छैनन् ।’ ओलीले भन्नुभयो, ‘नेतृत्वको वरिपरि आन्दोलन गोलबन्द भएको भन्ने कुरा साँचो होइन । ’