काठमाडौं – पछिल्लो २४ घण्टामा ६ सय ७९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ७० जनामा पीसीआर परीक्षण गर्दा ५ सय ७४ र ३ हजार ८ सय ५० एन्टिजेन परीक्षणमा १ सय ५ जना गरी जम्मा ६ सय ७९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १ हजार ४ सय ५ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् भने कोरोना सङ्क्रमणका कारण ७ जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको संख्या १६ हजार ८ सय ४ रहेको छ । जसमध्ये १५ हजार ५ सय ३४ जना होम आइसोलेसनमा र १ हजार २ सय ७० जना संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।