काठमाडौं – नेकपा एमालेले प्रदेश कमिटीको आकार परिमार्जित गरेको छ । गत शुक्रबार उपमहासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमा आएको सुझावपछि आज जवाफ दिँदै उहाँले नयाँ अङ्क प्रस्तुत गर्नुभएको हो ।

उपमहासचिव पौडेलका अनुसार अब प्रत्येक प्रदेशका लागि ५० जना आधार अङ्क हुनेछन् । त्यसपछि सो प्रदेशको प्रत्येक निर्वाचन क्षेत्रबाट ५ जनाका दरले संख्या थपिनेछ । यस्तै पालिका कमिटीको हकमा पनि ५० आधार संख्या रहने र प्रत्येक वडाबाट ५ जनाको दरले थपिनेछन् ।