काठमाडौं – नेकपा (एमाले)मा एक वरिष्ठसहित पाँच उपाध्यक्ष रहने गरी विधान पारित भएको छ । यसअघि, चार उपाध्यक्ष रहेकामा अब एक वरिष्ठ उपाध्यक्षसमेत थप गरी पाँच उपाध्यक्ष रहने व्यवस्था गरिएको हो ।

यस्तै, एमालेमा उपमहासचिव पद नरहने प्रस्तावसहितको विधान मस्यौदा विधान महाधिवेशनमा पेस गरिएको थियो । तर, विधान महाधिवेशन समापनसम्म आइपुग्दा दुई उपमहासचिव रहेको एमालेमा एक मात्र उपमहासचिव रहने व्यवस्था पारित गरिएको छ ।