काठमाडौं – राष्ट्रियसभाको आजको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । आज दिउँसो १ बजेका लागि बोलिएको बैठक सभाको सचिवालयले सूचना टाँसेर स्थगित गरिएको हो ।

राष्ट्रियसभाको अर्को बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको राष्ट्रियसभा सचिवालयले जनाएको छ । यसअघि यही असोज ११ गते सभाको बैठक भएको थियो ।