काठमाडौं – नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनअन्तर्गत काठमाडौं महानगर कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ । अधिवेशनको शनिबार उद्घाटन भएता पनि नेतृत्व चयनका लागि आज मतदान हुन लागेको हो ।

आज बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म मतदान हुने निर्वाचन समितिले जानकारी दिएको छ । महानगरको सभापतिमा संस्थापन पक्षका प्रगतिमान रञ्जित र संस्थापन इतर पक्षका नीलकाजी शाक्य प्यानलसहित प्रतिस्पर्धामा उत्रेका छन् ।

रञ्जितलाई सभापति शेरबहादुर देउवाको समर्थन रहेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य गगन थापा लगायतको समर्थन शाक्यलाई छ । काठमाडौं महानगरमा १५ वर्षपछि काङ्ग्रेसको नेतृत्व चयन हुन लागेको हो ।