काठमाडौं – नेपाली काङ्ग्रेसको कागेश्वरी–मनहरा नगर सभापतिमा उद्धव दाहाल विजयी हुनुभएको छ । शनिबार भएको नगर अधिवेशनबाट दाहाल सभापतिमा निर्वाचित हुनुभएको हो ।

सभापति शेरबहादुर देउवानिकट दाहालले १ सय ५१ मत प्राप्त गर्नुभयो भने अर्का प्रत्यासी नेता प्रकाशमान सिंह निकट मिठ्ठाराम दाहालले १ सय ३८ मत प्राप्त गर्नुभएको छ ।

काठमाडौं जिल्लाका एक महानगरपालिका र ९ नगरपालिकामा हिजो शनिबार अधिवेशन भएको थियो । महानगर बाहेक अधिकांंश नगरपालिकाको परिणाम आइसकेको छ ।